होमपेज > प्राइम बैंक र फोनपेको सहकार्यमा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’

प्राइम बैंक र फोनपेको सहकार्यमा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’

बिज्ञापन
बिज्ञापन

डिजिटल बैंकिङबारे जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न प्राइम कमर्सियल बैंक र फोनपेको संयुक्त सहकार्यमा दोलखाको जिरी नगरपालिकामा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’ गरिएको छ ।

बिज्ञापन

सुरक्षित एवं सहज तरिकाबाट रकमान्तर गर्न, डिजिटल ठगी हुनबाट बच्न एवं अन्य सुरक्षाका उपाय अवलम्बन गर्ने जस्ता विभिन्न पक्षलाई समेट्दै जिरीमा विद्यार्थी, शिक्षक तथा जिरी नगरपालिकाका कर्मचारी र सर्वसाधारणलाई साक्षरता कार्यक्रमको आयोजना गरिएको हो ।

बिज्ञापन

प्राइम कमर्सियल बैंक र फोनपेको संयुक्त आयोजना र सहकार्यमा सञ्चालित कार्यक्रमको उद्घाटन जिरी नगरपालिका प्रमुख मित्रबहादुर जिरेलले गरेका थिए । कार्यक्रममा उपप्रमुख कृष्णमाया बुढाथोकी, दोलखा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम धुँजू, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ, प्रहरी निरीक्षक विष्णुबहादुर बस्नेत, तारा दल गण प्रमुख शेरबहादुर बस्नेत, बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठ, सहायक महाप्रबन्धक सुरेशमान सिंह, फोनपे चिफ बिजनेस अफिसर सुमित दास, बिजनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठलगायतको सहभागिता थियो ।

प्राइम कमर्सियल बैंकको मोबाइल बैंकिङ एपमा भएको क्यूआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाको प्रयोग गरी रकम स्थानान्तरण तथा विभिन्न सेवा तथा वस्तु प्रदायकमा भुक्तानी गर्न सकिने महाप्रबन्धक अमृतचरण श्रेष्ठले बताए । त्यस्तै विद्युतीय वित्तीय कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपेमार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर-बैंक कारोबारमार्फत तुरुन्तै रकम पठाउन सकिने फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले जानकारी गराए ।

बिज्ञापन

कार्यक्रममा विद्युतीय कारोबारबाट हुने फाइदा र हुनसक्ने अपराध र रोकथामका तरिकाबारे पनि अन्तर्क्रिया एवं समाजमा घटेका घटनामाथि छलफल भएको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते