होमपेज > नयाँ रेकर्ड बन्यो अलैंची निर्यातमा, झण्डै ८ अर्ब भित्रियो

नयाँ रेकर्ड बन्यो अलैंची निर्यातमा, झण्डै ८ अर्ब भित्रियो

बिज्ञापन
बिज्ञापन

पूर्वी पहाडी जिल्लाका कृषकको महत्वपूर्ण आम्दानी रहेको अलैंची निर्यातले नयाँ रेकर्ड बनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ९३ लाख ८६ हजार २७९ किलो अलैंची अर्थात् ७ अर्ब ७० करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ ।

बिज्ञापन

अलौँची नेपालको पूवी पहाडी जिल्लाको सबै भन्दा अमूल्य आम्दानीको स्रोत हो । महासंघका अनुसार हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको छ । मुलुकमा उत्पादन भएको २ प्रतिशत अलैंची मात्रै आन्तरिक खपत हुने व्यवसायीहरु बताउँछन् । नेपाली अलैंचीको मुख्य बजार भारत मात्र रहेपनि पछिल्लो समय जर्मनी, इटाली, युनाइटेड स्टेट्स, पाकिस्तान लगायत मुलुकमा निर्यात हुन थालेको छ ।

बिज्ञापन

यसअघि आर्थिक वर्ष ०७७/०७८ मा ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । गत आर्थिक वर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैंची निर्यात भएको विभाागको तथ्यांक छ । कृषि मन्त्रालयको तथ्यांक ९०७७/०७८० अनुसार देशभर १५ हजार ६६८ हेक्टर जग्गमा अलैंची खेती हुन्छ ।

जसबाट ८ हजार २८९ मेट्रिक टन अलैंची उत्पादन हुन्छ । आर्थिक वर्ष २०७६/०७७ मा १६ हजार ५६२ हेक्टर जमिनबाट ९ हजार ५४५ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७५/०७६ मा १५ हजार ५५ हेक्टर जमिनमा अलैंची खेती हुन्थ्यो । उक्त वर्ष ७ हजार ९५४ टन उत्पादन भएको तथ्यांक छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते