होमपेज > बढ्न थाल्यो आयात

बढ्न थाल्यो आयात

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ) सम्मको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको वस्तु आयात गरेको छ ।

बिज्ञापन

गत आवको सोही महिनासम्मको तुलनामा आयात १६ प्रतिशतले कम भए पनि पछिल्ला महिनामा भने यो बढ्दो क्रममा देखिएको हो । जेठमा मात्रै नेपालले एक खर्ब ४५ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ । जुन चालु आवको मासिक आयातमा सबैभन्दा उच्च हो । चैत महिनायता आयात व्यापारमा क्रमशः सुधार देखिन थालेको हो ।

बिज्ञापन

आयात बढ्दा भन्सारमा आधारित राजस्वमा पनि क्रमिक सुधार आउन थालेको छ । जेठसम्म सरकारले आयातबापत तीन खर्ब ४४ अर्ब रुपियाँ भन्सार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिसम्म चार खर्ब ४६ अर्ब रुपियाँ भन्सार राजस्व सङ्कलन भएको थियो । यस हिसाबले एक वर्षकै अन्तरमा करिब एक खर्बले भन्सार राजस्व घटेको छ ।

विभागका अनुसार जेठसम्म नेपालले एक खर्ब ४३ अर्ब रुपियाँको वस्तु आयात गरेको छ, जुन गत जेठसम्मको तुलनामा २२.७४ प्रतिशतले कम हो । आयात र निर्यात दुवै घट्दा मुलुकको व्यापार घाटा पनि कम भएको छ । जेठसम्म नेपालको व्यापार घाटा १५.२१ प्रतिशतले कम भएर १३ खर्ब ३७ अर्ब पुगेको छ । गत आवको जेठसम्म नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपियाँ थियो । आजको गोरखापत्र दैनिकबाट

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते