होमपेज > लघु बीमा निर्देशन जारी: ५० लाखसम्म बीमा गर्न पाइने

लघु बीमा निर्देशन जारी: ५० लाखसम्म बीमा गर्न पाइने

बिज्ञापन
बिज्ञापन

निर्जीवनतर्फ रु ५० लाख र जीवनतर्फ रु पाँच लाखसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको छ ।

बिज्ञापन

बीमालेख अवधि, बीमा शुल्क, लघु बीमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल बीमा प्राधिकरणले निर्देशन जारी गरेको हो । निर्देशनअनुुसार लघु जीवन बीमाअन्तर्गत आवधिक लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा रहेका छन् ।

बिज्ञापन

त्यस्तै, निर्जीवन बीमातर्फ घर, सम्पत्ति तथा व्यवसाय, सवारी, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक क्षति र अन्य लघु निर्जीवन बीमा गर्न पाइनेछ । प्राधिकरणले लघु बीमाका लागि बीमालेखको अवधि पनि तोकेको छ । जीवन लघु बीमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधिको मात्रै बीमालेख जारी गर्न पाइनेछ । निर्जीवन लघु बीमाको हकमा भने एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र बीमालेख जारी गर्न सकिनेछ ।

निर्देशनमार्फत लघु बीमाको सीमा पनि तोकिएको छ । घर, सम्पत्ति तथा व्यवसाय र सवारी साधनको रु ५० लाखसम्मको लघु बीमा गर्न सकिनेछ । दायित्व तथा मौद्रिक क्षतिको र अन्य लघु बीमाका लागि अधिकतम रु पाँच लाखसम्मको लघु बीमा गर्न पाइनेछ ।

बिज्ञापन

त्यस्तै, जीवन बीमा कम्पनीले अधिकतम रु पाँच लाखसम्मको बीमाङ्क भएको लघु बीमा मात्रै जारी गर्न पाउने छन् । लघु बीमा कम्पनीहरूले टेलिकम, इन्टरनेट सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, स्टोर, होटल, रेस्टुरेन्टलगायत आपूर्ति शृङ्खलामा आबद्ध सङ्घसंस्थासँग सहकार्य गरी लघु बीमा जारी गर्न सक्ने व्यवस्था पनि निर्देशनमा राखिएको छ ।

लघु बीमा व्यवसायको विकास, प्रवरद्धन तथा व्यवस्थापनमार्फत न्यून आय भएका व्यक्ति तथा सम्पत्तिको सुरक्षाका लागि प्राधिकरणले यो निर्देशन कार्यान्वनयमा ल्याएको हो । गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा, सीमान्तकृत समूहका लागि लक्षित गरी प्राधिकरणले लघु बीमासम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते