होमपेज > सिभिल र हिमालयन बैंकले कहिलेदेखि गर्दैछ एकीकृत कारोबार‍?

सिभिल र हिमालयन बैंकले कहिलेदेखि गर्दैछ एकीकृत कारोबार‍?

बिज्ञापन
बिज्ञापन

सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले यही फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो।

बिज्ञापन

प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाण्डौको कमलादीमा रहनेछ सिभिल र हिमालयन बैंक एकीकृत कारोबार गर्दैछ।

बिज्ञापन

एकीकृत कारोबार सुरु गर्न सिस्टम अपग्रेड र डाटा माइग्रेसनका लागि हिमालयन बैंकको फागुन ८ गते सन्ध्याकालीन काउन्टर सेवा, फागुन १० गते र फागुन ११ गते बैंकिङ सेवा बन्द रहेछन्। सिभिल बैंकको सम्पूर्ण शाखा कार्यालय फागुन ८ गतेदेखि फागुन ११ गतेसम्म बन्द रहनेछन्। सिभिल बैंकका शाखा कार्यालयहरु फागुन ७ गते आइतबारसम्मबा सुचारु रहनेछन्।

उक्त अवधिमा हिमालयन बैंकबाट जारी भएका एटीएम कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) माफृत हुने कारोबारहरु सुचारु रहनेछन्। सिभिल बैंकबाट जारी भएका एटीएम कार्डहरुमार्फत हुने कारोबारका साथै दुवै बैंकका मोबाइल बैंकिङ एप र इन्टरनेट बैंकिङ सेवा भने सो अवधिमा बन्द रहनेछन्।

बिज्ञापन

एकीकृत कारोबारपश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने हुँदा आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिन बैंकले आग्रह गरेको छ।

गत असार २९ गते हिमालयन र सिभिल बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो। यी दुवै बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्जरमा गएका हुन्। पुस २८ गते दुवै बैंकले साधारणसभामार्फत मर्जर प्रक्रियालाई पारित गरेका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते