होमपेज > काठमाडौं मेडिकल कलेजमा पहिलोपटक मृगौला प्रत्यारोपण

काठमाडौं मेडिकल कलेजमा पहिलोपटक मृगौला प्रत्यारोपण

बिज्ञापन
बिज्ञापन

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पहिलोपटक मृगौला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको हो ।

बिज्ञापन

५० बर्षीय घलेलाई उनकै श्रीमती ४३ वर्षीया हिताकुमारीले मृगौला दिएकी हुन् । दुवै मृगौलामा समस्या देखिएका धनराजको शरीरमा चिकित्सकहरुले श्रीमती हिताकुमारीको देव्रे मृगौला प्रत्यारोपण गरेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

बिज्ञापन

वैदेशिक राजगारीको सिलसिलामा ब्रुनाई पुगेका धनराज ४५ दिनको विदामा गत बैशाखमा नेपाल आएका थिए । नेपाल आएको केही समयपछि उनमा खुट्टा सुनिने लगायत समस्या देखियो । स्वास्थ्य परीक्षण गर्दा उनको दुवै मृगौलामा समस्या देखिएपछि केएमसीमा उनको मृगौला प्रत्यारोपण गरिएको हो ।

केएमसीले धनराजबाटै पहिलो पटक मृगौला प्रत्यारोपण थालेको हो । मृगौला प्रत्यारोपणका लागि केएमसीमा बिशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाइएको छ । अब मृगौला प्रत्यारोपण सेवालाई निरन्तरता दिइने केएमसीका प्रिन्सिपल प्रा.डा.रतेन्द्रनाथ श्रेष्ठले बताए । ‘बिशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर केएमसीमा मृगौला प्रत्यारोपण सेवा सुरु गरेका हौं,’ श्रेष्ठले भने, ‘पहिलो पटक गरिएको मृगौला प्रत्यारोपण सफल भएको छ, अब यसलाई निरन्तरता दिन्छौं ।’

बिज्ञापन

मृगौला प्रत्यारोपणका लागि करिब एक दर्जन विरामी सम्पर्कमा आइसकेको केएमसीले जनाएको छ । डा.सुनिल शर्माको प्रवेशपछि केएमसीले नयाँ सेवा विस्तारलाई तिव्रता दिएको हो । डा.शर्माले केएमसीको कार्यकारी अध्यक्ष पदबाट भने राजीनामा दिएका छन् । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्न पदबाट राजीनामा दिएका डा.शर्मा चुनाव जितेर सांसद बनिसकेका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते