होमपेज > महालक्ष्मी विकास बैंकको नाफा ५० करोड नाघ्यो, लाभांश क्षमता ११.५१ प्रतिशत

महालक्ष्मी विकास बैंकको नाफा ५० करोड नाघ्यो, लाभांश क्षमता ११.५१ प्रतिशत

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म समग्र वित्तीय सूचकहरूमा सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको विवरणअनुसार सो अवधिमा बैंकको खुद नाफा ५० करोड ३ लाख रुपैयाँ पुगेको छ भने लाभांश वितरण क्षमतासमेत ११.५१ प्रतिशतमा उक्लिएको छ।

बिज्ञापन

बैंकले हालसम्म ५६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ५.०५ प्रतिशतले कर्जा वृद्धि भएको हो। चौथो त्रैमाससम्म कर्जानिक्षेप अनुपात ८३.९८ प्रतिशत र खराब कर्जा अनुपात ४.८६ प्रतिशत रहेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र पर्छ।

शेयरधनीहरूका लागि प्रतिफल ११.७९ प्रतिशत रहेको बैंकले जनाएको छ भने पुँजी पर्याप्तता अनुपात पनि सन्तोषजनक रहेकोले निकट भविष्यमा पुँजी अभाव नभई व्यवसाय विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

त्यस्तै, बैंकको कोष लागत ४.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.४७ प्रतिशत कम हो। कोष लागत घटेसँगै बैंकको आधार दर पनि घटेर ६.५४ प्रतिशतमा आएको छ, जसको प्रत्यक्ष लाभ ऋणीहरूले पाउने बैंकको भनाइ छ।

प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउँदै बैंकले मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्डको सुविधा हालै थप गरेको छ। “सबल बैंक, सफल सहकार्य” नाराका साथ बैंकले देशभर १०३ शाखाबाट ८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते