होमपेज > आजदेखि १७औँ संस्करणको नाडा अटो शो, १२५ भन्दा बढी प्रदर्शकको सहभागिता रहने

आजदेखि १७औँ संस्करणको नाडा अटो शो, १२५ भन्दा बढी प्रदर्शकको सहभागिता रहने

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

१७औँ संस्करणको नाडा अटो शो आजदेखि सुरु हुँदै छ । भदौ ३ (मंगलबार) गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने नाडा अटो शो २०२५ हालसम्मकै भव्य बनाउने आयोजकको तयारी छ ।

बिज्ञापन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष आयोजना गर्ने यो प्रदर्शनीलाई यसपटक नयाँ युगको मोबिलिटीको सुरुआतका रूपमा प्रस्तुत गर्न लागिएको छ । आयोजकले यसपटक अटो उद्योगको नवप्रवर्तनसँगै भविष्यको प्रविधि र सम्भावनालाई समेत दर्शाउने गरी तयारी तीव्र पारिएको जानकारी दिएको छ ।

नाडाका अध्यक्ष करण चौधरीका अनुसार, यस वर्षको अटो शो इतिहासमै भव्य हुनेछ । “यसपटक सबैभन्दा ठूलो प्रदर्शनी हुनेछ । हामीले यसलाई कसरी अझ आकर्षक र भव्य बनाउन सकिन्छ भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ,” उनले भनेका छन् ।  चौधरीका अनुसार, १६औँ संस्करणको सफल अनुभव, लाखौँ दर्शकको विश्वास र अग्रणी ब्रान्डहरूको नियमित सहभागिताले नाडा अटो शोलाई नेपालकै सबैभन्दा ठूलो र विश्वासिलो अटो प्रदर्शनी बनाइसकेको छ । यो वर्षको संस्करणले अटो उद्योगमा नयाँ उत्साह थप्नेछ ।

बिज्ञापन

प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी गरिएको छ । बिहान १० बजे हुने उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपालकै पहिलो उड्ने ट्याक्सी (ईभीटोल) सार्वजनिक गर्नेछन् । यो ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) एमएडब्लू वृद्धिले चिनियाँ अटो निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपाल ल्याएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाका अनुसार, नेपालको इतिहासमै पहिलोपटक उड्ने ट्याक्सी सार्वजनिक हुनुमात्र ठूलो उपलब्धि होइन, यसले नेपालको मोबिलिटीको भविष्यलाई पुनः परिभाषित गर्नेछ । उनले भने, “उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका अत्यधुनिक इलेक्ट्रिक लाइनअप प्रदर्शन गरेर हामीले भविष्यलाई अहिले नै नेपाली उपभोक्तासामु पुर्‍याउने काम गर्दै छौँ ।”

उक्त प्रदर्शनीमा नेपालमै पहिलोपटक मानव आकारका ह्युमनोइड रोबोटहरू प्रस्तुत गर्ने तयारीमा आयोजक छ । उक्त रोबोटले आगन्तुकहरूसँग प्रत्यक्ष संवाद गर्नेछन्, मानिससरह गतिविधि गर्नेछन् र आफ्नै बुद्धिमत्तासहितको संसार सिर्जना गर्नेछन् । यी नवीनतम प्रविधिहरूले नाडा अटो शोलाई सामान्य अटोमोबाइल प्रदर्शनी मात्र नभई नयाँ युगको आगमनको उत्सव बनाउने अध्यक्ष चौधरीको दाबी छ ।

नाडा अटो शो २०२५ मा दिपलका फ्युचरिस्टिक कारहरूदिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११समेत प्रदर्शनीमा राखिनेछन् । केही दिनअघि मात्र नेपालमा सार्वजनिक भएको दिपल एस०५ ले छोटो समयमा नै उपभोक्ताबाट अनपेक्षित प्रतिक्रिया प्राप्त गरेको थियो । यससँगै, युनिट्री रोबोट्सद्वारा विकसित स्वचालित र कृत्रिम बुद्धिमत्तामा आधारित उन्नत चारपांग्रे रोबोट पनि प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिनेछ ।

प्रदर्शनीका अर्काे विशेषता भनेको भिन्टेज मोटर शो हो, जसमा मोरिस माइनर, फियाट, प्युजो, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, भीडब्ल्यू बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया, टोयोटा एमआर२ लगायत ऐतिहासिक गाडीहरू प्रदर्शन गरिनेछन् ।

यस प्रदर्शनीलाई ‘गो फर मोर’ नारासहित आयोजना गरिएको छ । आयोजकका अनुसार, यसले आधुनिक प्रविधि, स्मार्ट मोबिलिटी समाधान र अटो उद्योगका सम्पूर्ण पक्षलाई एकै ठाउँमा प्रस्तुत गर्नेछ । प्रदर्शनीमा १९ वटा चारपांग्रे, १३ वटा हल्का व्यावसायिक, चार वटा दुईपांग्रे ब्रान्डसहित १२५ भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ । साथै, अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण, वित्तीय सेवाप्रदायक कम्पनीहरूले समेत आफ्नो उत्पाद र सेवाहरू प्रस्तुत गर्नेछन् ।

भृकुटीमण्डपमा फैलिएको करिब तीन लाख वर्गफुट क्षेत्रफलमध्ये एक लाख ६२ हजार ५०० वर्गफिट प्रदर्शनी क्षेत्र रहनेछ, जसले यो अटो शोको भव्यतालाई थपिनेछ भन्ने अपेक्षा गरिएको छ । यसपटक प्रदर्शनीमा स्वदेशमै बनेका गाडी र अटो पाट्र्सलाई प्रस्तुत गर्ने ‘मेड इन नेपाल’ प्याभिलियन पनि रहनेछ । यसमार्फत स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत विदेशी लगानी तथा सहकार्यलाई प्रोत्साहित गर्ने तयारी गरिएको छ । यस्तै, ईभी, स्मार्ट मोबिलिटी र दिगोपनका विषयमा सेमिनार, कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुनेछन् ।

प्रदर्शनी अवधिभर दैनिक १२ भाग्यशाली विजेताको घोषणा हुनेछ, जसले एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा पाउनेछन् । आगन्तुकको सहजता र सुरक्षालाई ध्यानमा राख्दै यस वर्ष विशेष पार्किङ व्यवस्था गरिएको छ । चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन रहनेछन् । अग्रिम टिकट बुकिङ सुविधा, सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, आपत्कालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी र आगो नियन्त्रणको पूर्ण तयारी गरिएको आयोजकले जनाएको छ । यसपटक राइड हेलिङ एप याङ्गोसँगको सहकार्यमा माइक्रोबसमार्फत निःशुल्क सटल सेवा पनि उपलब्ध हुनेछ ।

नाडा अटो सोको यस १७औँ संस्करणले नेपालको अटो उद्योगमा मात्र होइन, सम्पूर्ण मोबलिटी क्षेत्रमै नयाँ उत्साह र दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ । अघिल्लो सातामात्रै सम्पन्न भएको नाइमा मोबिलिटी एक्स्पोले नेपाली उपभोक्ताको उत्साहलाई चुल्याएको बेला नाडा अटो शो सुरु हुन लाग्दा यसले ग्राहकलाई थप अवसर, नयाँ अनुभव र भविष्यप्रतिको भरोसा दिने निश्चित देखिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते