होमपेज > मञ्जुश्री फाइनान्सले सुरु गर्‍यो भिडियो केवाइसी सेवा

मञ्जुश्री फाइनान्सले सुरु गर्‍यो भिडियो केवाइसी सेवा

बिज्ञापन
बिज्ञापन

मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाइसी सेवा सार्वजनिक गरेको छ।

बिज्ञापन

डिजिटल माध्यमबाट सहज र सरल सेवा प्रदान गर्ने उद्देश्यका साथ यो सेवा सुरु गरिएको हो, जसले ग्राहकको समय बचत गर्नुका साथै शाखामा पुग्नु पर्ने झन्झटलाई अन्त्य गर्नेछ। ग्राहकहरूको माग तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई समेत ध्यानमा राखी सुरु गरिएको यो सेवा फाइनान्सले प्रविधिमा आधारित सेवा विस्तारतर्फ लिएको अर्को कदम हो। बैंकिङ प्रणालीमा नवीनता र डिजिटल रूपान्तरणतर्फ अग्रसर हुँदै आएको मञ्जुश्री फाइनान्स यस क्षेत्रको एक अग्रणी संस्था मानिन्छ।

बिज्ञापन

हालसम्म करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको फाइनान्सले करिब १८ अर्ब ६० करोड रुपैयाँ कर्जा परिचालन गरिसकेको छ। यस संस्थाले आकर्षक ब्याजदरमा निक्षेप संकलन गर्दै सुलभ दरमा कर्जा प्रवाह गरिरहेको छ। मञ्जुश्री फाइनान्सले हालसम्म देशभर २७ वटा शाखा र १ वटा विस्तारित काउन्टरमार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आइरहेको छ। हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको मञ्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा स्थापित हुँदै गएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते