नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
बिज्ञापन
सुन तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ चाँदी आज तोलामा ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।








