आज साउन ६ गतेदेखि बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले पहिलो चरणको आईपीओ बिक्री खुलाउँदैछ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याउन लागेको हो ।
बिज्ञापन
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँको २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ । जसमध्ये ५ लाख ६६ हजार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गर्नेछ ।
बिज्ञापन
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका र आँबुखैरेनीका सबै वडाका साथै भानु नगरपालिका वडा नं. १ तथा गोरखाको पालुङटार ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । स्थानीयले धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, बन्दीपुर केवुलकारको काठमाडौंको कालिमाटीस्थित कार्यालय, बन्दीपुर केवलकारको तल्लो स्टेसन, आँबुखैरेनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिकाको वडा नं. १ को कार्यालय र पालुङटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । दुवै श्रेणीका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ९ तथा ढिलोमा भदौ २० गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ । त्यसपछि २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता शेयर कम्पनीले सर्वसाधारणमा निष्काशन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआइ मर्चेन्ट बैंकिङले गरेको छ ।








