होमपेज > सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भईरहेका ठगीका घटनाबाट सतर्क रहन नबिल बैंकको आग्रह

सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भईरहेका ठगीका घटनाबाट सतर्क रहन नबिल बैंकको आग्रह

बिज्ञापन
बिज्ञापन

नबिल बैंकले आफ्नो नाममा खोलिएका नक्कली सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भ्रामक सूचना फैलाएर ठगीगर्ने प्रयास भइरहेको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।

बिज्ञापन

शनिबार एक सूचना जारी गर्दै बैंकले पुरस्कार तथा अन्य आर्थिक लाभको प्रलोभन देखाएर गरिने ठगी (स्क्यामर फिसिङ) बाट बच्न ध्यानाकर्षण गराएको हो । बैंकका अनुसार, हाल केही सामाजिक सञ्जाल तथा नक्कली वेबसाइटहरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कार परेको जस्ता झुटा र भ्रामक सूचना प्रचार गरिरहेको पाइएको छ । यस्ता सूचना ठगी वा फिसिङको उद्देश्यले तयार पारिएको हुन सक्ने भन्दै बैंकले ग्राहकलाई त्यस्ता वेबसाइट वा सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।

बिज्ञापन

कुनै पनि जानकारीको आधिकारिकता पुष्टि गर्नका लागि बैंकको आधिकारिक वेबसाइटहरू nabilbank.com र nbank.nabilbank.com मा मात्र विश्वास गर्न बैंकले अनुरोध गरेको छ । यस्ता कुनै पनि शङ्कास्पद सूचना वा जानकारी प्राप्त भएमा तुरुन्तै बैंकको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७००१५ वा ईमेल customercare@nabilbank.com मा सम्पर्क गरेर सत्यतथ्य बुझ्न पनि बैंकले सुझाएको छ ।

बैंकले कुनै पनि अपरिचित वा नक्कली वेबसाइटमा विश्वास नगर्न र आफ्ना व्यक्तिगत तथा बैंकिङ विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ । पछिल्लो समय वित्तीय क्षेत्रमा अनलाइन प्रविधिको प्रयोग बढेसँगै यसको दुरुपयोग गरी ठगी गर्ने घटना पनि बढ्दै गएका छन् ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते