नेपाली बजारमा आज (सोमबार) को दिन सुनको मूल्य स्थिर रहेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो । हिजो आइतबार १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य बढेको छ। चाँदी आज १० रुपैयाँले बढेको हो ।
बिज्ञापन
आइतबार २ हजार १६० मा कारोबार भएको चाँदी आज बढेर प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








