सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि ४० हजार कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ ।
बिज्ञापन
यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बिज्ञापन
यसमा जेठ २५ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, बाटुलेघर डिल्लीबजार काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने बैंकले जानकारी दिएको छ ।








