अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो अत्यधिक प्रतिक्षित स्मार्टफोन भिभो भी ५० लाईट नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
बिज्ञापन
शक्ति, उच्चप्रदर्शन र प्रोफेशनल फोटोग्राफी क्षमताको अनुपम संयोजनमा आधारित यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताहरूका सबै आवश्यकताहरूलाई ध्यानमा राखी विशेषरूपमा डिजाइन गरिएको हो। सार्वजनिक घोषणा एक विशेष स्ट्यान्डअप कमेडी शो “द लाईट शो”मार्फत गरिएको छ ।
बिज्ञापन
कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्का सहित नेपालका चर्चित कमेडियनहरू एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाको दमदार प्रस्तुति रहेको थियो। उनीहरूको रचनात्मकता हास्य पञ्चलाईनहरूले दर्शकहरूलाई हाँसो, रमाइलो र उत्साहले भरिएको एक अविस्मरणीय साँझ प्रदान गरेको थियो ।
भिभो भी ५० लाईटमा समावेश गरिएको ६५०० एमएएच ब्लु वल्ट ब्याट्रीे भी सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमता भएका ब्याट्री हो। ९० वाट फ्ल्यास चार्जप्रविधिले प्रयोगकर्ताहरूलाई केवल एक घण्टाको चार्जमै पुरै दिनचल्ने ब्याट्री शक्तिप्रदान गर्छ। साथै, ५ वर्षको ब्याट्री हेल्थ एस्योरेन्स र १७०० चार्ज साइकल समर्थनले दीर्घकालीन टिकाउपनाको प्रत्याभूति दिन्छ ।
बिज्ञापन
फोनमा रहेको ६.७७ ईन्चको १२० हर्ज अल्ट्रा भिजनपि–ओलेड पञ्च–होल डिस्प्ले र ९४.२५ स्क्रिन–टु–बडी रेसीयोले प्रयोगकर्तालाई अत्यन्तइमर्सिभ अनुभवप्रदानगर्दछ । ७.७९ एम एमको अल्ट्रा–स्लिमप्रोफाइल, आकर्षकग्लो रिङ्ग क्यामेरा मोड्युल र हाई–ग्लस मेटालिक फ्रेमलेयसको प्रीमियम डिजाइनलाई अझ निखार दिन्छ । फोनको कम्प्रेहेन्सिवकुशनिङ्ग डिजाइन, एस जि एस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन जस्ता विशेषताहरूले यसको दिगोपन र सुरक्षाको ग्यारेन्टी दिन्छ ।
भिभो भी ५० लाईट दुई उत्कृष्ट प्रोसेसर विकल्पमा उपलब्ध छ – मीडियाटेक डीमेन्सिटी ६३०० (फाईभ जी) वा स्नापड्रागन ६८५ (फोर जी) । यी दुवै प्रोसेसरहरूले छिटो कनेक्टिभिटी, निरन्तर प्रदर्शन र स्मूद मल्टिटास्किङ सुनिश्चित गर्छन्। साथै, सर्कल टु सर्च, लाईभ टेक्स्ट, एआई स्क्रिन ट्रान्सलेसन, एल्बम मेमोरिज र एआई सुपर लिंक जस्ता सुविधाहरूले दैनिक प्रयोगमा थप स्मार्ट अनुभव दिन्छन्।
फोनमा रहेको ५० एम पी सोनीआई एम एस् ८८२ मुख्यक्यामेराले औरा लाईट पोर्टेट र २हगोल्डेन पोर्टेट जस्ता सुविधाप्रदान गर्छ, जसले हरेक फोटोलाई प्रोफेस्नल टच दिन्छ । सेल्फी प्रेमीहरूकालागि समर्पित ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउछन् र तस्वीरलाई अझ जीवन्त बनाउछन् ।
भिभो भी ५० लाईट दुई भिन्न भेरिएन्टमा उपलव्ध छ — ८ जीबी+ २५६ जीबी स्टोरेज (फोर जी) संस्करणको मूल्य रु. ३७,९९९, र १२ जीबी + २५६ जीबी स्टोरेज (फाईभ जी) संस्करणको मूल्य रु. ४५,९९९ निर्धारण गरिएको छ ।
यी दुवै मोडेलहरू भिभोका सबै आधिकारिक रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्ममार्फत नेपालभर सहज रूपमा उपलब्ध हुनेछन् ।








