साताको चौथो कारोबार दिन नेप्से परिसूचक ६.९३ अंकले घटेर २६७०.५१ को विन्दुमा कायम भएको छ ।
बिज्ञापन
नेप्सेमा कारोबार भएका ९३ कम्पनीको मात्रै शेयर मूल्य बढ्दा आज १५३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ३१६ कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ६९ करोड बराबरको सेयर कारोबार भएको छ ।
बिज्ञापन
नेप्सेमा सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि माउन्टेन इनर्जीको ५९ करोड १० लाख रुपैयाँ र ङनदी ग्रुप पावरको ५७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन ओम मेगाश्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा दोस्रोमा सिन्धु विकास बैंकका लगानीकर्ताले ५.७९ प्रतिशतका दरले कमाएका छन् ।
बिज्ञापन
सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले गुमाएका छन् ।








