होमपेज > खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ चौथो संस्करण आजदेखि सुरु

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ चौथो संस्करण आजदेखि सुरु

बिज्ञापन
बिज्ञापन

‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ चौथो संस्करण आजदेखि सुरु गरेको छ । कम्पनीले पूर्व ३ संस्करणको सफलतापछि अझै धेरै अफर, उपहार र उत्साहका साथ चौथो संस्करण सुरु गरेको हो ।

बिज्ञापन

उक्त संस्करणमा खल्तीले जात्रा ब्याटल ग्राउन्ड नामक नयाँ रोमाञ्चक प्रतिस्पर्धा पनि ल्याएको छ जहाँ हरेक हप्ता खल्ती प्रयोगकर्ताहरूले नयाँ इन्फ्युन्सरसँग प्रतिस्पर्धा गर्नेछन्। सो जात्राअन्तर्गत ५ जनाले Vespa LX 125 जित्न सक्नेछन्, ९ जनाले Honor X8c स्मार्टफोन जित्न साथै प्रयोगकर्ताहरूले Ultima साउन्ड बार, स्मार्ट घडी, एअर बड देखि सयौँ उपहारहरू जित्न सक्नेछन्।

बिज्ञापन

पहिलेको संस्करणमा जस्तै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याचकार्ड मार्फत उपहारहरू जित्न सक्नेछन्। यस संस्करणमा खल्तीले ‘जात्रा ब्याटलग्राउन्ड’ सुरुवात गरेको छ जसको चर्चा हामी गर्ने नै छौँ। जेठ १ गतेदेखि असार ३२ गतेसम्म लागु रहने ६३ दिनको यस जात्रा अवधिमा १५–१५ दिन गरी ४ राउन्ड रहेको छ। प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू Vespa LX 125 को लागि ‘लक्की ड्र’मा सहभागी हुनेछन्।

हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ। ४ वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि स्वतः सहभागी हुनेछन् र बोनस राउन्डको पाँचौँ Vespa LX 125 जित्न सक्नेछन्। कुल मिलाएर एक प्रयोगकर्ताले  Vespa LX 125 जित्ने ५ वटा मौका पाउनेछन्। गत वर्ष जस्तै खल्तीले ‘सेयर अ कोड’ फिचरलाई निरन्तरता दिएको छ। । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘Create’ ट्याप गरी हरेक हप्ता आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् जुन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन्।

बिज्ञापन

साथीभाइले प्रोमोकोड प्रयोग गरे अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक कोड प्रयोगमा १० खल्ती पोइन्ट्स प्राप्त हुनेछ साथै हरेक हप्ता ५ मा ५ प्रयोग भएमा Honor X7B  स्मार्टफोन जित्ने मौका मिल्नेछ । अब यस संस्करणको मुख्य आकर्षणको कुरा गरौँ : ‘जात्रा ब्याटलग्राउन्ड’ । ‘सेयर अ कोड’ को विस्तारित खेल स्वरूप हो ‘जात्रा ब्याटलग्राउन्ड’ जसमा हरेक हप्ता २ टोली बिच प्रतिस्पर्धा हुनेछ । एक टोलीमा हुनेछन् एक जना कन्टेन्ट क्रियटर र उनले बनाएको आफ्नो कोड । अर्को टोलीमा हुनेछन् सम्पूर्ण खल्ती फ्यानहरू र उनीहरूले बनाएका कोडहरू ।

जुन टोलीले लक्षित गरिएको कोड प्रयोग सङ्ख्या पूरा गर्नेछ, जित उसैको हुनेछ। पहिलो हप्ता २B Gamer ब्याटलग्राउन्डमा देखिन्छन् भने हरेक हप्ता नयाँ क्रियटर आउने खल्तीले जनाएको छ। दैनिक रूपमा ‘खुत्रुके’ फुटाएर विशेष कोड प्राप्त हुनेछ र हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली विजेताले साउन्ड बार, स्मार्ट घडी, एअर बड जस्ता Ultima प्रडक्टहरू जित्नेछन् भने प्रयोगकर्ताहरूले रु। १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन्।

उक्त पेमेन्ट जात्राबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’को हामी चौथो संस्करणमा छौँ र गत ३ वर्षका संस्करण भन्दा अझै परिष्कृत र नयाँ स्वरूपमा प्रयोगकर्ता माझ पस्किन पाउँदा हामी निकै नै उत्साहित छौँ। विगतका अफरमा जस्तै यस अफरमा पनि लाखौँ प्रयोगकर्ताहरू सहभागी हुनुहुनेछ र यस अफरले हाम्रो डिजिटल भुक्तानीमा अभ्यस्त बनाउने लक्षलाई बलियो बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। आफैँले विभिन्न भुक्तानीका प्रोमोकोड बनाई सेयर गर्दै खल्तीको इन्फ्लुन्सर बन्न मिल्ने सुविधा रहेको साथै हरेक हप्ता कन्टेन्ट क्रियटर सँग कोड रिडिम गर्ने प्रतिस्पर्धाले जात्रामा अझै रोमाञ्चक भएको छ। Vespa LX 125, Honor स्मार्टफोन, दैनिक खुत्रुकेमा Ultima प्रडक्ट सँगै डिजिटल स्क्र्याच कार्ड जस्ता हाम्रा अफरबाट यस जात्रामा कोही पनि खाली हात रहनु हुनेछैन । यस पेमेन्ट जात्रालाई एक भव्य भुक्तानी पर्वको रूपमा सफलता पूर्वक सञ्चालन गर्न सहकार्य गर्नुहुने सबै साझेदारहरूलाई हामी आभार व्यक्त गर्दछौँ साथै सबै जनालाई यस जात्रामा सहभागी भई अधिकतम लाभ लिन प्रोत्साहन पनि गर्दछौँ।”

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते