गत चैत १५ गते तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-३ का ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका छन्।
बिज्ञापन
प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्य गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अपील राज बोहोराले जानकारी दिए।
बिज्ञापन
काठमाडौं जिल्ला अदालतबाट ३ दिनको मिलान म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।








