होमपेज > केटीएमको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर सार्वजनिक

केटीएमको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर सार्वजनिक

बिज्ञापन
बिज्ञापन

केटीएमको नयाँ एड्भेन्चर मोटरसाइकल ३९० इन्डुरो आर भारतमा सार्वजनिक भएको छ ।

बिज्ञापन

३९० इन्डुरो आर टु–पीस स्टिल ट्रेलिस फ्रेममा आधारित रहेको छ । हाल ३ लाख ३६ हजार भारु तोकिएको यसको मूल्य नेपाल आउँदा १० लाख हाराहारी पर्ने अनुमान गरिएको छ । २५ एमएम ह्यान्डलबार राइजर र सब–फ्रेम माउन्ट दिइएको यस मोटरसाइकल विशेष गरी अफ–रोड प्रयोगको लागि इन्जिनियर गरिएको हो ।

बिज्ञापन

३९० इन्डुरो आरमा थर्ड जेनेरेशन केटीएम ३९० मा प्रयोग भएको उही ३९९ सीसी, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । उक्त इन्जिनमा सानो सिलिन्डर हेड, नयाँ इन्धन इन्जेक्टरहरू, पुनः डिजाइन गरिएको एयरबक्स र नयाँ एक्जस्टका साथ ठूलो भल्व कभर रहेको छ । साथै यसको गियरवक्समा समेत सुधार गरिएको छ ।

यसमा स्लिपर क्लच, क्विक शिफ्टर प्लस सिस्टम, एबीएस, युएसबी–सी चार्जिङ पोर्ट, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू सहितको नयाँ ४.२–इन्च डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ ।

बिज्ञापन

केटीएमको यो मोटरसाइकल नेपाली बजारमा केही समयपछि उपलब्ध हुनेछ । केटीएमलाई नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते