होमपेज > वार्षिकोत्सवको अवसरमा सिटिजन बैंकले ल्यायो छुट र क्यासब्याक योजना

वार्षिकोत्सवको अवसरमा सिटिजन बैंकले ल्यायो छुट र क्यासब्याक योजना

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न छुट र क्यासब्याक योजना ल्याएको छ। वैशाख ७ गते वार्षिकोत्सवको सन्दर्भमा बैंकले आज वैशाख १ देखि ३१ गतेसम्म लागू हुने गरी डिजिटल कारोबारमा विशेष छुट योजना ल्याएको हो।

बिज्ञापन

योजनाअन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताहरूले पहिलोपटक पोस मेसिन वा अनलाइनमार्फत १ हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा अधिकतम १८० रुपैयाँसम्म क्यासब्याक पाउने छन्। त्यस्तै, मोबाइल बैंकिङमार्फत क्युआर स्क्यान गरी ५०० रुपैयाँ वा बढीको भुक्तानी गरेमा पनि १८ प्रतिशत वा अधिकतम १८० रुपैयाँ क्यासब्याक दिइनेछ।

बिज्ञापन

त्यसैगरी, फोनपे प्रयोगकर्ताले आफ्नो व्यवसायिक कारोबार रकम क्युआर मार्फत प्राप्त गर्दा प्रत्येक दिन एक जना व्यापारीलाई १ हजार ८०० रुपैयाँसम्म क्यासब्याक दिइने व्यवस्था गरिएको छ। योजना अवधिभर ई–कम कार्ड लिई पहिलोपटक प्रयोग गर्दा शुल्क नलाग्ने र डिम्याट खाता निःशुल्क खोलिदिने व्यवस्था गरिएको छ। स्मार्ट बचत खाता खोली पहिलोपटक मोबाइलबाट मोबाइल रिचार्ज गर्दा १५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिनेछ।

साथै, एक जना मोबाइल बैंकिङ ग्राहकले माउन्टेन फ्लाइटको निःशुल्क टिकट जित्ने अवसर पनि पाउनेछन्। भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

बिज्ञापन

विश्वकै प्रतिष्ठित “बैंक अफ द इयर २०२४”को उपाधि जितेको सिटिजन्स बैंकले हालसालै फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो।

देशभर ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम, ७४ शाखारहित बैंकिङ इकाईसहित १८ लाख ५० हजार ग्राहकलाई सेवा दिइरहेको बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन दिने लक्ष्यसहित छुट योजना ल्याएको जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते