होमपेज > पठाओ नेपालको ‘पठाओ रेन्टल’ सेवा सुरु: कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म बुक गर्न सकिने

पठाओ नेपालको ‘पठाओ रेन्टल’ सेवा सुरु: कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म बुक गर्न सकिने

बिज्ञापन
बिज्ञापन

पठाओ नेपालले ‘पठाओ रेन्टल’ सेवा सुरु गरेको छ । ‘मुभिङ नेपाल’को आफ्नो संकल्पलाई अघि बढाउँदै कम्पनीले उक्त सेवा सुरु गरेको जनाएको छ ।

बिज्ञापन

कम्पनीका अनुसार अब प्रयोगकर्ताहरूले मोबाइल एपमार्फत कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म सहजै बुक गर्न सक्नेछन् । पठाओ रेन्टल सेवामा प्रयोगकर्ताले कम्तीमा एक घण्टा अगाडि वा बढीमा सात दिनअघि नै गाडी बुक गर्न सकिने कम्पनीको भनाइ छ । विवाह, पिकनिक, पर्यटन तथा कार्यालयको प्रयोजनका लागि पनि आवश्यकताअनुसारका गाडी बुक गर्न सकिनेछ ।

बिज्ञापन

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सवारी बुक गर्दा प्रयोगकर्ताले आफैले भाडा प्रस्ताव समेत गर्न सक्नेछन् भने दुवै पक्षबीच सहमतिपछि यात्रा सुनिश्चित हुनेछ । निर्धारित भाडामा सडक दस्तुर, पार्किङ, इन्धन र रातको बसाइलगायतका सबै खर्च समेटिनेछ । “पठाओ रेन्टल सेवा यात्रुहरूको सहजता र पठाओका चालकका लागि अतिरिक्त आम्दानीको अवसरका लागि ल्याइएको हो” बस्न्यातले भने, “यस सेवामार्फत यात्रालाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएका छौँ ।”

कम्पनीका अनुसार अन्य सेवामा जस्तै यस सेवामा पनि बीमाको सुविधा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार प्रयोगकताएले २४सै घण्टा गाडी बुक गर्न सक्नेछन् भने यात्रा अवधिमा कुनै गुनासा सम्बोधन गर्नका लागि २४सै घण्टा ग्राहक सहायता सेवा सञ्चालनमा ल्याइएको छ । ग्राहकले पठाओ एपमा दिइएको फोन नम्बरमा सम्पर्क गरेर पनि गाडी बुक गर्न सक्ने कम्पनीको भनाइ छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते