होमपेज > जिल्ला प्रशासन कार्यालय अगाडि शिक्षकले गरे आत्मदाहको प्रयास

जिल्ला प्रशासन कार्यालय अगाडि शिक्षकले गरे आत्मदाहको प्रयास

बिज्ञापन
बिज्ञापन

मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एक जना पीडितले आत्मदाहको प्रयास गरेका छन्।

बिज्ञापन

आफूले प्रहरीबाट न्याय नपाएको भन्दै पेसाले शिक्षक ती व्यक्तिले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन्।

बिज्ञापन

प्रशासन कार्यालय अगाडि ती शिक्षकले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले पुष्टि गरे। बाराको पचरौता नगरपलिका वडा नम्बर–४ घर भएका उनी हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–२४ बस्दै आएका छन्।

अर्यालले पीडितले आफूले प्रहरीबाट न्याय नपाएको भन्दै एक पन्ने पत्र लेखेको पाइएको छ। ‘आत्मदाह गर्न खोज्दै थिए, त्यहीबेला सुरक्षाकर्मीहरूको सहयोगमा उनलाई बचाउन सफल भयौँ। त्यसलगत्तै आफ्नै गाडीमा राखेर उनलाई अस्पताल पुर्‍याइएको छ,’ सिडिओ अर्यालले भने।

बिज्ञापन

उनका अनुसार ती शिक्षकलाई वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते