होमपेज > मकवानपुरमा डम्पिङ साइटमा नवजात शिशुको शव फेला

मकवानपुरमा डम्पिङ साइटमा नवजात शिशुको शव फेला

बिज्ञापन
बिज्ञापन

मकवानपुरमा डम्पिङ साइटमा नवजात शिशुको शव भेटिएको छ।

बिज्ञापन

मंगलबार साँझ साढे ६ बजे मनहरी गाउँपालिका-७ मा रहेको डम्पिङ साइटमा सालनालसहितको नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक विशाल सापकोटाका अनुसार शव जेब्रा झोलाभित्र कपडाले बेरिएको अवस्थामा भेटिएको थियो।

बिज्ञापन

रक्ताम्य अवस्थामा फेला परेको शिशुको शव पोस्ट मर्टमका लागि जिल्ला अस्पताल पठाइएको उनले बताए। उक्त शव छोरीको रहेको र एक दुई दिन अघि मात्रै जन्माएर फालिएकोजस्तो देखिने उनले बताए।

नवजात शिशुलाई कसले त्यसरी फाल्यो भन्ने अनुसन्धान भइरहेको इन्स्पेक्टर सापकोटाले बताए। त्यसका लागि स्थानीयहरू र अस्पतालहरूमा सोधपुछ भइरहेको उनले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते