नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा सुन एएक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बिज्ञापन
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।








