पाँचथरमा विद्यार्थी बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् । हिलिहाङ गाउँपालिका–१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्याएर अमरपुर बजार फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको जीप बुधबार साँझ अमरपुर नजिक दुर्घटनामा परेको थियो ।
बिज्ञापन
दुर्घटनामा गम्भीर घाइते भएका हिलिहाङ–१ का ३५ वर्षीय हेमराज योगीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि पाँचथर अस्पताल पुर्याइएको थियो। अस्पताल पुग्नासाथ चिकित्सकले योगीलाई मृत घोषणा गरेका थिए । योगीको शव पोष्टमार्टमका लागि पाँचथर अस्पतालको शव गृहमा राखिएको छ । दुर्घटनामा हिलिहाङ–१ का २६ वर्षीय बिनोद तामाङ र २० वर्षीय मनिष लिङ्देन घाइते छन् ।
बिज्ञापन
उनीहरुमध्ये तामाङको अवस्था गम्भीर रहेकाले बिर्तामोड स्थित बिएण्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । चालक १९ वर्षीय समिर खातीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








