होमपेज > पाथीभरा केबलकारको विषयलाई लिएर पक्ष र प्रहरीबिच झडप, ५ प्रहरी र दुई आन्दोलनकारी घाइते

पाथीभरा केबलकारको विषयलाई लिएर पक्ष र प्रहरीबिच झडप, ५ प्रहरी र दुई आन्दोलनकारी घाइते

बिज्ञापन
बिज्ञापन

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको छ । झडपमा प्रारम्भिक विवरणअनुसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाइते भएको जनाइएको छ ।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । राँके जुलुसलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी माथि नै लाठी र ढुङ्गा प्रहार भएको शर्माले बताए । ‘घाइतेको यकिन विवरण छैन । हामी स्थितिलाई नियन्त्रण लिने प्रयास गरिरहेका छौँ,’ उनले भने । नो केबलकार समूहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलन पछि शनिवार सदरमुकाम फुङलिङ झरेका थिए । सोहि क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शान्तिपूर्ण र्‍याली प्रदर्शनमा गर्दै विरेन्द्रचोक पुगी उक्त र्‍यालीलाई राँके जुलुसमा परिणत गरेका थिए ।

बिज्ञापन

झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका वडा नं. ५ विरेन्द्रचोकका केही घरमा राँके जुलुसका पुल्ठो घरतर्फ फ्याकेका थिए । थप विवरण आउन बाँकी छ । यसअघि बिहीबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ घाइते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरीसहित २४ घाइते भएका थिए । पाथीभरामा केबलकारको विषयलाई लिएर पटक पटक झडप हुँदै गएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते