होमपेज > अस्ट्रेलियाविरूद्ध इंग्ल्याण्ड ५ विकेटले पराजित

अस्ट्रेलियाविरूद्ध इंग्ल्याण्ड ५ विकेटले पराजित

बिज्ञापन
बिज्ञापन

च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले सनसनीपूर्ण जीत निकालेको छ।

बिज्ञापन

पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा शनिबार राति अस्ट्रेलियाले इंग्ल्याण्डविरूद्ध ५ विकेटको जीत निकालेको हो। इंग्ल्याण्डले दिएको ३५२ रनको फराकिलो लक्ष्य ४७.३ ओभरमा पाँच विकेट मात्रै गुमाएर पूरा गर्दै अस्ट्रेलियाले रोमाञ्चक जित दर्ज गर्‍यो। फराकिलो लक्ष्य पूरा गर्ने क्रममा जोश इंग्लिसले सर्वाधिक १२० रन बनाए। उनी ८६ बलमा ६ चौका र ६ छक्का प्रहार गरेर नट आउट रहे।

बिज्ञापन

ग्लेन म्याक्सवेल १५ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३२ रन बनाएर नट आउट रहे। त्यसअघि एलेक्स क्यारीले ६३ बलमा ८ चौका प्रहार गरी ६९ रन बनाएका थिए। त्यस्तै ओपनर म्याथ्यु सटले ६६ बलमा ९ चौका र १ छक्का प्रहार गरी ६३ रनको योगदान गरे। मार्नस लाबुसेनले ४५ बलमा ५ चौका हानेर ४७ रन जोडे। त्रविस हेड ६ र कप्तान स्टेभेन स्मिथ ५ रनमा आउट भए।

बलिङतर्फ इंग्ल्याण्डका मार्क वुड, जोफ्रा आर्चर, ब्राइडन कार्स, आदिल रसिद र लियाम लिभिङस्टोनले एकरएक विकेट लिए। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ८ विकेट गुमाएर ३५१ रनको योगफल तयार गरेको थियो। इंग्ल्याण्डका लागि ओपनर बेन डुकेटले सर्वाधिक १६५ रन बनाए। उनले १४३ बल खेलेर ८ चौका र ३ छक्का हाने। जोय रूटले ७८ बलमा ४ चौका प्रहार गरी ६८ रन बनाए। कप्तान जोश बट्लरले २३, जोफ्रा आर्चरले २१, जेमी स्मिथले १५ र लियम लिभिङस्टोनले १४ रन जोडेका थिए। बलिङतर्फ अस्ट्रेलियाका बेन द्वारश्वीसले तीन विकेट, एडम जम्पा र मार्नस लाबुसेनले २र२ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते