होमपेज > पोखरा र भक्तपुरसहित यी ८ सहरमा वायु प्रदूषण उच्च

पोखरा र भक्तपुरसहित यी ८ सहरमा वायु प्रदूषण उच्च

बिज्ञापन
बिज्ञापन

गण्डकी प्रदेश राजधानी पोखरा नेपालकै सबैभन्दा बढी प्रदूषित सहरमा लगातार ३ दिनदेखि पर्दै आएको छ। वन तथा वातावरण मन्त्रालय, वातवारण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीले शुक्रबार बिहान पौने ६ बजेसम्म पोखराको वायु प्रदूषण २०३ एक्यूआई मापन गरेको हो।

बिज्ञापन

विभागको तथ्यांकअनुसार यो पोखराका लागि पछिल्लो ३ दिनयताकै सबैभन्दा खराब सूचकांक हो। वायु गुणस्तर निगरानीले पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुललाई आधार मानेर वायु गुणस्तर मापन गर्दै आएको छ। वातावरण विभागले पोखरासहित देशका विभिन्न ९ सहरमा वायु प्रदूषण खराब स्थितिमा छ। भक्तपुर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ। केही दिनअघिसम्म देशकै प्रदूषित सहरको अग्रस्थानमा रहेको काठमाडौं शंखपार्क आज १८९ एक्यूआईसहित तेस्रो स्थानमा  ।

बिज्ञापन

भैंसेपाटी क्षेत्रको वायु प्रदूषण १७९, हेटौंडा १७४, रत्नपार्क १७१, खुमल्टार १६९, भरतपुर १६४, धनगढी क्षेत्रको १६२ एक्यूआई मापन गरिएको छ। ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ। वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ। ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ।

मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ। ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ।

बिज्ञापन

विश्वकै तेस्रो प्रदूषित सहर काठमाडौं

विश्वभरको तथ्यांकमा भने नेपाल समग्र तेस्रो स्थानमा छ।

विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता जाँच्दै आएको आईक्यू एअरले यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १७५ एक्यूआई मापन गरेको छ। पछिल्लो २४ घन्टामा नेपाल विश्वकै दोस्रो प्रदूषित सहर बनेको थियो। बिहीबार दिउँसो काठमाडौंको प्रदूषण मापन १९६ एक्यूआईसम्म गरिएको थियो।

कंगोको किन्शासा सहर २११ एक्यूआईसहित विश्वको प्रदूषित सहरमा पहिलो नम्बरमा हुँदा दक्षिण एसियाली मुलुक पाकिस्तानको लाहोर १९९ एक्यूआईसहित दोस्रो स्थानमा छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते