सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बिज्ञापन
मंगलबार आयोजित एक समारोहबीच बैंकका सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेले उक्त शाखाको उद्घाटन गरे। बैंकले पानीपोखरीमा आफ्नो १९८औं शाखा विस्तार गरेको हो। यो शाखासँगैं काठमाडौं उपत्यकाभित्र बैंकका ३९ शाखा पुगेको जनाइएको छ।
बिज्ञापन
बैंकले यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सबै रिटेल बैंकिङ सेवा प्रदान गर्ने र साना तथा मझौला व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ।








