हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
बिज्ञापन
सार्वजनिक वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ छ। कम्पनीले गत आवको सोही अवधिमा १ अर्ब ५० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बिज्ञापन
कम्पनीको खुद ब्याज आम्दानी घट्दा पनि नाफामा वृद्धि भएको छ। कम्पनीको खुद ब्याज आम्दानी पहिले ५ अर्ब ८२ करोड रहेकोमा अहिले ५ अर्ब २३ करोड छ। त्यस्तै कम्पनीको लोनलस प्रोभिजन भारी मात्रामा घटेको छ।
यस्तो रकम पहिले १ अर्ब ९४ करोड रहेकोमा अहिले १८ करोड छ। जसले गर्दा आम्दानी खुम्चिँदा पनि नाफामा टेवा पुगेको देखिन्छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ छ। प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ रहेको छ। निष्क्रिय कर्जा सामान्य बढेको छ।
बिज्ञापन
कुल कर्जामा यस्तो कर्जा पुस मसान्तसम्म ४.९८ प्रतिशत छ।








