होमपेज > आज चार प्रदेशमा बर्षा र हिमपातको सम्भावना

आज चार प्रदेशमा बर्षा र हिमपातको सम्भावना

बिज्ञापन
बिज्ञापन

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज चार प्रदेशमा बर्षा र हिमपातको सम्भावना छ ।

बिज्ञापन

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा हिमपातसहित केही क्षेत्रमा बर्षाको सम्भावना छ ।

बिज्ञापन

कोशी प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

बागमती प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

बिज्ञापन

गण्डकी प्रदेशमा दिउँसो आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशमा दिउँसो आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति पहाडी र तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । कर्णाली प्रदेशमा दिउँसो आंशिक देखि साधरणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते