नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद अब चैत १४ गते बिहीबारसम्म रहेको छ। यसअघि तोकिएको समय थपेर १४ गतेसम्म पुर्याइएको हो।
बिज्ञापन
सुरुमा फागुन २८ गतेसम्म हकप्रद भर्ने म्याद थियो। तर, उक्त समयमा माग अनुसार आवेदन नपरेकाले आवेदन दिने समय थपेर चैत १४ गतेसम्म कायम गरिएको यसअघि कम्पनीले जानकारी गराएको थियो। अब थपिएको म्याद पनि सकिन लागेको छ।
बिज्ञापन
नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो। कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ।
जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको हो।
बिज्ञापन







