होमपेज > काठमाडौंको न्यूनतम तापक्रम बढ्यो, कति पुग्यो?

काठमाडौंको न्यूनतम तापक्रम बढ्यो, कति पुग्यो?

बिज्ञापन
बिज्ञापन

काठमाडौंको न्यूनतम तापक्रम सोमबार पनि बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस छ।

बिज्ञापन

आइतबार जस्तै काठमाडौं आज बिहान पनि बादलले ढाकिएको छ। बदलीको अवस्था भएकै कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन्। काठमाडौंको आकाश बादलले ढाकिएका कारण बिहान कम चिसो महशुस गरिएको छ। आइतबार काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन भएको थियो। शनिबार ५.९ डिग्री सेल्सियस मापन भएको थियो।

बिज्ञापन

आज दिनभरि पनि काठमाडौंको मौसम बदलीकै अवस्था रहने मौसमविद मानन्धरले जानकारी दिइन्। दिउँसोको हकमा घाम लाग्न नपाउँदा र बदली हुँदा बढी चिसो हुने उनले बताइन्। सोमबार काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

मंगलबार भने छिटपुट वर्षाको समेत सम्भावना छ।

बिज्ञापन

-एक सातामा कति घटबढ भयो काठमाडौंको न्यूनतम तापक्रम?

काठमाडौंमा एक साताअघि सोमबार ५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो। मंगलबार ५.४, बुधबार ५.७, बिहीबार ५.६, शुक्रबार ५.७, शनिबार ५.९, र आइतबार ७.२ डिग्री सेल्सियस मापन भएको थियो।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते