मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–५ बसन्तपुर बाघको आतंकले त्रसित बनेको छ।
बिज्ञापन
बाघको आक्रमणबाट हिजो (आइतबार) साँझ एक जना वृद्ध महिलाको ज्यान गएको थियो। आज बिहान बाघले बसन्तपुरका सुर्यबहादुर मोक्तानको खोरमा पसेर ७ वटा बाख्रा मारेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बाघले एउटा बाख्रा लिएर जंगल पसेको खबर प्राप्त भएको जानकारी दिएको छ।
बिज्ञापन
मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमती ७२ वर्षीय कान्छिमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन्।
बिज्ञापन








