होमपेज > भोजपुरको चखेवामा सांस्कृतिक तथा पर्यटन कृषि मेला हुँदै

भोजपुरको चखेवामा सांस्कृतिक तथा पर्यटन कृषि मेला हुँदै

बिज्ञापन
बिज्ञापन

भोजपुरको पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ १ गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ।

बिज्ञापन

गाउँपालिकाले पत्रकार सम्मेलन आयाजना गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा माघ एक गतेदेखि पाँच गतेसम्म टेम्केमैयुङ गाउँपालिका–४ नागीको चखेवामा बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना गरिने जानकारी दिएको हो। ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ लाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए।

बिज्ञापन

सरकारको एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको मुन्दुम पदमार्ग एक भएकाले सो मार्गको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न, स्थानीय कृषिउपजको प्रयोग बढाउन र स्थानीयको आयस्तर वृद्धि गर्न मेला सहयोगी बन्ने उनले विश्वास व्यक्त गरे। स्थानीयस्तरका कृषि उत्पादनहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हुने मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती दिनुहुने टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णबहादुर राईले बताए।

बृहत् मेलामा मुन्दुम पदमार्गको प्रवर्द्धन र दिगो विकासका लागि साझा अवधारणापत्र सार्वजनिक गर्नुका साथै उक्त अवधारणापत्रमा हस्ताक्षरसमेत गरिने गाउँपालिकाले जनाएको छ। एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिकाले भ्रमण वर्ष र सांस्कृतिक तथा कृषि मेला आयोजना गरी विभिन्न कार्यक्रमहरू तय गरेको हो।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते