पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् ।
बिज्ञापन
सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको थियो । प्लेन खसेपछि आगो लागेको थियो ।
बिज्ञापन
प्लेन दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय मिडियाहरुका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका चार जना सदस्यसमेत छन् । उनीहरु रियोग्राण्डे डो सुल राज्यको एक शहरबाट साओ पाउलो राज्यतर्फ गइरहेका थिए ।
बिज्ञापन








