सर्लाहीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।
बिज्ञापन
पक्राउ पर्नेमा बागमती नगरपालिका- ७ निमिचोकका ३५ वर्षीय मोहनबहादुर योञ्जनसहित ३ जना रहेका छन् । उनीहरूको साथबाट लागुऔषध ओनेरेक्स १ सय मिलिलिटरको ७ बोतल, कोडेडाइल- टी १ सय मिलिलिटरको ३ बोतल बरामद भएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले सोमबार बिहान मोहन बहादुरको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकलसमेत बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








