होमपेज > बढ्यो कुरिलोको मूल्य, प्रतिकिलो कति?

बढ्यो कुरिलोको मूल्य, प्रतिकिलो कति?

बिज्ञापन
बिज्ञापन

बजारमा कुरिलोको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अुनसार शनिबारदेखि कुरिलोको मूल्य बढ्न थालेको हो।

बिज्ञापन

शनिबार कालीमाटी बजारमा कुरिलोको मूल्य प्रतिथोक मूल्य न्यूनतम ८ सयदेखि अधिकतम एक हजार रूपैयाँमा कारोबार भइरहेको थियो। आइतबार पनि सोही मूल्य कायम छ। यो शुक्रबारको तुलनामा प्रतिकिलो तीन सय रूपैयाँ बढी हो।

बिज्ञापन

शुक्रबार कुरिलो प्रतिथोक मूल्य न्यूनतम पाँच सयदेखि अधिकतम एक हजार रूपैयाँसम्म कारोबार भइरहेको थियो। बजारमा कुरिलोको आएको परिमाणको आधारमा मूल्य घटबढ हुन्छ। बजारमा धेरै कुरिलो आएको छ भने मूल्य घट्छ भने थोरै आएको छ भने मूल्य बढ्छ।

आपूर्तिका आधारमा कुरिलोको भाउ घटबढ भइरहेको छ। कुरिलो व्यवसायीहरूका अनुसार कुरिलो गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको छ। अहिले कुरिलोको अफ सिजन हो। बर्खा लागेसँगै कुरिलो सस्तो हुँदै जानेछ। कुरिलो एक प्रकारको औषधिजन्य वनस्पती हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।
विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ।

बिज्ञापन

कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ। कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते