होमपेज > लागूऔषधसहित ९ जना पक्राउ

लागूऔषधसहित ९ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

शनिबार लागूऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अभियानअन्तर्गत सुर्खेत, पर्सा, कैलाली र सिरहाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनीहरूको साथमा ब्राउन सुगर, चरेस, खैरो हेरोइनलगायत लागूऔषध भेटिएको थियो ।

बिज्ञापन

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, चौखेढुंगाबाट करिब ५ ग्राम ५२ मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका २७ वर्षीय निशान्त खत्री र २५ वर्षीय राजन सिग्देल, पर्साको वीरगन्ज महानगरपालिका–१६, शंकराचार्य गेटबाट ४ किलो ३ सय ग्राम चरेससहित धादिङका २३ वर्षीय दीपेन्द्र दर्जी र सिरहाको कल्याणपुर नगरपालिका–३ इटाही प्रसाही बस्ने २१ वर्षीय अभिषेककुमार मण्डललाई मोटरसाइकल चेक गर्ने क्रममा ४ ग्राम ब्राउन सुगरसहित प्रक्राउ गरिएको हो ।

बिज्ञापन

प्रहरीले कैलाली जिल्लाका फरक–फरक ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । टीकापुर–९ खक्रौलबाट ३ ग्राम ९ सय ८० मिलिग्राम खैरो हिरोइनसहित जानकी गाउँपालिका–९ खैरीफाटा बस्ने १९ वर्षीय सचिन रावल, २ ग्राम ४ सय ७० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका–४ का २७ वर्षीय महेश भट्ट र धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय गोपाल रामजालीलाई ५ सय १० मिलिग्राम ब्राउन सुगरसहित कैलालीबाट प्रक्राउ गरेको हो ।

यसैगरी धनगढी उपमहानगरपालिका–८ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४ सय ३० मिलिग्रामसहित २ जनालाई पक्राउ गरिएको थियो । सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका–१ बस्ने २८ वर्षीय मनिष चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । सुरेशको साथबाट १ ग्राम ५ सय ९० मिलिग्राम र १ ग्राम ८ सय ४० मिलिग्राम ब्राउनसुगरसहित मनिषलाई पक्राउ गरिएको हो ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते