होमपेज > ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिज्ञापन
बिज्ञापन

विराटनगरमा ट्रकको ठक्करबाट आइतबार दिउँसो पैदलयात्रीको मृत्यु भएको छ।

बिज्ञापन

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिकै पैदलयात्रीलाई दिउँसो ४:१० बजेतिर ठक्कर दिएको हो। बाटो क्रस गर्दै गरेका बेला ट्रकले ठक्कर दिँदा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बू गम्भीर घाइते भएका थिए।

बिज्ञापन

उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ दिउँसो ४:३५ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको जानकारी डीएसपी जोशीले बताए। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। दुर्घटनलगत्तै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। ट्रकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जोशीले बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते