होमपेज > दोहोरो अंकले बढ्यो शेयर बजार, १० अर्बमाथिको कारोबार

दोहोरो अंकले बढ्यो शेयर बजार, १० अर्बमाथिको कारोबार

बिज्ञापन
दोहोरो अंकले बढ्यो शेयर बजार, १० अर्बमाथिको कारोबार
बिज्ञापन

सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार ९.९९ अंकले घटेको बजार आज १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्ड‍ेक्स १.५० अंकले घटेर ४७१.७९ विन्दुमा पुगेको छ।

बिज्ञापन

नेप्स बढेसँगै कारोबार रकम पनि आइतारको तुलनामा बढेको छ। यसदिन ३१४ स्क्रिप्सको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५६४ रुपैयाँमा खरिदबिक्री भए।

बिज्ञापन

अघिल्लो दिन ८ अर्ब ८३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तारागाउँ रिजेन्सी होटल,विशाल बजार,खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको हो।

यसदिन नेपाल फाइनान्सका लगानीकर्ता भने सर्वाधिक गु्माए। सो कम्पनीको सेयर ८.७२ प्रतिशतले घट्यो। चार समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्। आज ट्रेडिङ समूहको उपसूचक ९.७० प्रतिशतले बढेको हो।

बिज्ञापन

कारोबारमा आएकामध्ये १२६ वटा स्टक्सको मूल्य बढ्दा ११२ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने स्थिर रहयो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते