नुवाकोटको ककनी गाउँपालिका–३ चाउथेमा एक महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा एकै परिवारको चार जनाविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ।
बिज्ञापन
चाउथेकी कल्पना अकिारी बजगाईलाई अमानवीय व्यवहार गर्दै तातोपानी समेत खन्याएको आरोप लागेपछि चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटले अनुसन्धान अघि बढाएको हो।
बिज्ञापन
घटना १५ कात्तिकको हो। आफूमाथि तातोपानी खन्याएको भन्दै बुहारी कल्पनाले श्रीमान, सासु सीता बजगाईं, ससुरा रामहरि बजगाई र देउरानीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यस अहिले उनका श्रीमानसिजन बजगाईं र सासु सीतालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको नुवाकोटका डीएसपी तथा प्रवक्ता तिलक भारतीले बताए।
उनका अनुसार ससुरा र देउरानी फरार रहेकाले उनीहरुको पनि खोजी भइरहेको छ। पक्राउ परेकाहरुविद्ध अमानवीय व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
बिज्ञापन








