पाल्पाको माथागढी गाउँपालिका-२ फेदीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
बिज्ञापन
लु २ ख १४५ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ५३ वर्षीय टेकबहादुर ढेंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए। विहीबार बेलुकी करिब साढे ७ बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भएका टेकबहादुरलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
बिज्ञापन
ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।








