होमपेज > रास्वपा प्रदर्शन निषेधित क्षेत्रमा पसेपछि धरपकड, दर्जन बढी नेता–कार्यकर्ता पक्राउ

रास्वपा प्रदर्शन निषेधित क्षेत्रमा पसेपछि धरपकड, दर्जन बढी नेता–कार्यकर्ता पक्राउ

बिज्ञापन
बिज्ञापन

सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बालुवाटार गरिरहेको प्रदर्शन निषेधित क्षेत्र प्रवेश गरेपछि प्रहरीले धरपकड गरेको छ। प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्ने झण्डै एक दर्जन व्यक्तिहरू प्रक्राउ गरेको जनाएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीषक (एसपी) नवराज अधिकारीले पक्राउ परेको कुरा पुष्टि गरे। ‘निषेधित क्षेत्र प्रवेश गरेपछि केही व्यक्ति नियन्त्रणमा लिइएको छ। त्यसमा कति छन् र को–को छन् भन्ने कुरा खुलेको छैन । विवरण संकलन गर्दैछौं,’ एसपी अधिकारीले भने।

बिज्ञापन

यता प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट पार्टीका नेता–कार्यकर्तालाई पक्राउ गर्ने काम भएको रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्। शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा वीरेन्द्र श्रेष्ठ, अशोक चौधरी, प्रदीप विष्ट, सुरेश पोख्रेललगायत छन्।

ध्रुव ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल पृयास, सबि खड्का र बुद्धरत्न महर्जन पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दयाराम नेपाल, सुरेन्द्रराज अवाले, शैलेन्द्र खत्री, उमेश लामा, खुसीराम कैनी र नवराज मुडभरी पनि छन्।

बिज्ञापन

शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै उनले विरोध गरे। रास्वपाले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताएको छ। बालुवाटरमा भएको प्रदर्शनका क्रममा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको बताउँदै रास्वपाले भर्त्सना गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते