ब्राजिलका स्टार खेलाडी नेयमार एक वर्षपछि मैदानमा फर्किने भएका छन् । उनको क्लब अल हिलालले नेयमार ठिक भएर खेल्नका लागि तयार भएको जानकारी दिएको छ ।
बिज्ञापन
नेयमार अब आगामी सोमबार हुने एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युएईको क्लब अल ऐनविरुद्ध खेल्न तयार रहेका छन् । उनी टिमसँगै युएई प्रस्थान समेत गरेका छन् । २०२३ को अगस्तमा अल हिलाल आएकानेयमारले गत वर्षको अक्टोबरमा राष्ट्रिय टिमको खेलमा घाइते भएपछि एक वर्ष मैदानबाट बाहिर रहेका थिए ।
बिज्ञापन
नेयमारले अल हिलालका लागि अहिलेसम्म केवल ५ खेल खेलेका छन् । च्याम्पियन्स लिगको खेल खेल्न पाए पनि साउदी प्रो लिगमा भने नेइमार जनवरी अगाडी खेल्न नपाउने भएका छन् ।








