शनिदेवलाई न्यायको देवता मानिन्छ । राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवताको रुपमा शनिदेवलाई मानिन्छ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ ।
बिज्ञापन

बिज्ञापन
शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

बिज्ञापन
शनि भगवान सूर्यको पुत्र हुन् र उनको आमा छाया हुन् । यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन् । मानव जीवनमा शनिको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषशास्त्र अनुसार शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ ।

-शनिबार यी कामहरु गर्नुहोस् ! शनिदेव प्रसन्न हुन्छन:
१- कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उद्धेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ ।
२- शनिबार व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्री भोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ ।
३- शनिदेवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ किनभने शनिदेवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ ।
४- शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ ।

५- हरेक शनिबार शनिको साथ पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ ।
६- शनिबार कालो तिल दान गर्नुहोस् । छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।
७- हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस् । तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ ।









