होमपेज > प्युठानमा कार दुर्घटना: ४ पर्यटक घाइते

प्युठानमा कार दुर्घटना: ४ पर्यटक घाइते

बिज्ञापन
बिज्ञापन

प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक घाइते भएका छन् ।

बिज्ञापन

आज दिउँसो साढे १ धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको कार भारतीय प्लेट नम्बर युपी ५६ ए ए ४२२२ रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रमुख प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले जानकारी दिए। उनका अनुसार कार सडकबाट २० मिटर तल जंगलमा खसेको थियो।

बिज्ञापन

कारमा चालकसहित पाँच जना सवार थिए । तीमध्ये चार जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए। घाइते हुनेमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने वर्ष ५३ का वीरेन्द्र पाण्डेय, वर्ष ४३ को शुभद्रा पाण्डेयको टाउकामा चोट लागेको, वर्ष १७ की जया पाण्डेयको टाउको र शरीरमा चोट लागेको छ। त्यस्तै ५५ वर्षकी शिला पाण्डेयको शरीरमा चोट लागेको छ भने चालक वर्ष ४५ का अलिलेखकुमार पाण्डेय सामान्य भएकोसमेत थापाले जानकारी दिए।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ। उनीहरूलाई लिन भारतबाट आफन्तजन बाटोमा आइरहेकोसमेत प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते