होमपेज > सन्दीप लामिछानेको अमेरिका यात्रा अनिश्चि, राजदूतवासले हालसम्म दिएन भिसा

सन्दीप लामिछानेको अमेरिका यात्रा अनिश्चि, राजदूतवासले हालसम्म दिएन भिसा

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको अमेरिका यात्रा अनिश्चित बनेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतवासले हालसम्म भिसा नदिएपछि लामिछानेको अमेरिका यात्रा अनिश्चित बनेको हो।

बिज्ञापन

नेपाली टोलीले शुक्रबारदेखि आयोजक अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रीदेशीय टी-२० शृंखला खेल्दैछ। त्यसलगत्तै नेपालले सोही टोलीविरुद्ध आइसीसी लिग-२ को महत्त्वपूर्ण खेलहरू खेल्‍दैछ। नेपालले लिग २ अन्तर्गत कात्तिक ११ गते अमेरिकाविरुद्ध खेल्नेछ। यसअघि ८ खेल खेलिसकेको नेपालले एउटामात्र जित हात पारेको छ। एक खेल रद्द हुँदा नेपालले ६ खेलमा पराजित भएको छ। त्यसैले पनि अमेरिकामा हुने लिग २ का खेलहरू महत्त्वपूर्ण रहेको छ। तर, राष्ट्रिय टोलीका मुख्य लेग स्पिन लामिछानेले भिसाका कारण प्रतियोगिता गुमाउने परिस्थित बनेको छ।

बिज्ञापन

नेपाल क्रिकेट संघ (क्यानका) प्रवक्ता छुम्बी लामाले सन्दीप लामिछानेको भिसा प्रक्रियामा रहेको बताए। सन्दीपले भिसा पाउनेमा क्यान विश्वस्त रहेको उनको भनाइ छ। ‘भिसा रोक्नुपर्ने कुनै कारण छैन। उहाँ (सन्दीप)ले केही दिनमै भिसा पाएर अमेरिकातर्फ लाग्नुहुन्छ,’ अन्नपूर्णसँग लामाले भने। अमेरिकी दूतावासले भिसा होल्ड गरेपछि क्रिकेट लामिछानेले भने दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा ‘नियन्त्रणभन्दा बाहिरको परिस्थितिु सिर्जना भएको उल्लेख गरेका छन्।

भिसा नपाएकै कारण लामिछाने क्यानडाबाट नेपाल फर्किएका थिए। क्यानडा र ओमानसँगको त्रीदेशीय शृंखलापछि नेपाली टोली उतैबाट अमेरिका गएका थिए। अमेरिकाको भिसा नभएपछि दसैं मनाउन भन्दै सन्दीप नेपाल फर्किएका थिए। उनले दस वर्षपछि बुबाको हातबाट टीका लगाएको उल्लेख गरेका छन्। ‘निधारमा आमा-बुबाको हातको यो टीका लगाउन म कति तड्पेको थिएँ त्यो मलाई मात्र थाहा छ। १० वर्षपछि आज यो पल फेरि फर्केर आएको छ। भगवानलाई धेरै धेरै धन्यवाद कि मेरा यी भगवानहरू सधैं मेरो साथमा हुनुहुन्छ,’ टीकापछि सन्दीपले सामाजिक सञ्जालमा लेखेका थिए।

बिज्ञापन

यसअघि पनि सन्दीपले अमेरिकामा आयोजित टी-२० विश्वकपको खेल गुमाएका थिए। बलात्कार मुद्दाका अभियुक्त भन्दै अमेरिकी दूतावासले भिसा नदिएपछि सन्दीप गत जुनमा अमेरिका जान पाएका थिएनन्। उनले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेलेका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते