होमपेज > ‘छक्कापञ्जा ५’ को व्यापार बढ्दै , ८ करोड बढीको कमाई

‘छक्कापञ्जा ५’ को व्यापार बढ्दै , ८ करोड बढीको कमाई

बिज्ञापन
बिज्ञापन

चलचित्र ‘छक्कापञ्जा ५’ बक्स अफिसमा राम्रो कमाइ गरेको छ । प्रदर्शनको सुरुको दिनदेखिनै राम्रो कमाउँदै अगाडि बढेको फिल्मले सोमबारसम्म ८ करोडभन्दा बढीको व्यवसाय गरेको वितरक मनोज राठीले दाबी गरे ।

बिज्ञापन

‘फिल्मले सोमबार साँझसम्म ८ करोड बढीको व्यवसाय गरिसकेको छ । यकिन विवरण पछि सार्वजनिक गर्नेछौँ’, राठीले भने । फिल्मको आम्दानी सोचेभन्दा राम्रो रहेको निर्माण पक्षले जनाएको छ । फिल्मले सुरुआतको दिन देखिनै राम्रो व्यवसाय गर्न सफल भएको कारण यतिछिटो यति धेरै व्यवसाय गरेको राठीको भनाइ छ । सुरुको दिनमा प्रतिस्पर्धी फिल्म भन्दा करिब डबल पाएको फिल्मले प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौतीलाई सजिलै पार गर्दै अगाडि बढिरहेको दाबी गरिएको छ ।

बिज्ञापन

यस पटक यो फिल्मको कमाइ काठमाडौँ उपत्यकासँगै मोफसलमा पनि अधिक देखिएको छ । फिल्मले अस्ट्रेलिया र अमेरिकामा पनि राम्रो व्यवसाय गर्न सफल भएको निर्माण पक्षको दाबी छ । दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते