बिहान खाली पेटमा पानी पिउने गरेमा शरीरमा भएका विकार पदार्थ बाहिर निकाल्न र ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । त्यसैले चिकित्सकहरुले पनि स्वस्थ बन्न धेरै पानी पिउन सल्लाह दिने गरेका छन् ।
बिज्ञापन
त्यसमा पनि बिहान खाली पेटमा पानी पिउने गरेमा त्यसले धेरै फाईदा गर्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुने भएकाले त्यसको निधानका लागि धेरै पानी पिउन डाक्टरले सल्लाह दिन्छन् । पेट सफा भए धेरै रोग नलाग्ने र पेट सफा गर्न धेरै पानी पिउनुपर्ने पेट रोग विशेषज्ञहरु बताउँछन् ।
बिज्ञापन
बिहान खाली पेट मनतातो पानी सबैभन्दा उपर्युक्त हुन्छ । तर पानी पिउने भन्दैमा धेरै चिसो पानी पिएमा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले सचेत हुन आवश्यक छ ।
-बिहानै पानी पिउनुका फाइदा:
बिज्ञापन
१-आन्द्राको सफाइ
खाली पेट प्रशस्त पानी पिउँदा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ । जसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ । तपाईंलाई बिहानै दिसा पिसाव लाग्दैन भने बिहानै दुई गिलास मन तातो पानी पिएमा शौच आउछ ।
२-विकार फालिदिन्छ
तपाई बाथरुम जाँदा शरीरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ । जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरीरबाट फाल्न सहयोग पुग्छ ।
३-भोक तथा निन्द्रा जगाउँछ
भोक नलाग्ने समस्या भएकाका लागि पनि नियमित पानी पिउनु लाभदायी हुन्छ । बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ । त्यस्तै यसले निन्द्रा पिन लगाउँछ ।
४-टाउको दुख्ने समस्या हट्छ
बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो । डिहाइड्रेसनको मुख्य लक्षणनै टाउको दुख्नु हो । तसर्थ बिहान उठ्नेवित्तिकै पानी पिएमा यो समस्या समाधान हुनेछ ।
५-उर्जा बढाउछ
यदि तपाईलाई अल्छि लागेको छ भने एक पानी गिलास पिउनुहोस । खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरीरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ ।
६-छालामा चमक ल्याउछ
खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ । शरीरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यतिनै तपाईको अनुहारको छाला नराम्रो बनाउछ। तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।
७-रोग प्रतिरोधात्मक क्षमता बृद्धि
समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरीरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ ।
८-कोलोनको सफाइ
पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरीरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुर्याउँछ ।
९-मेटाबोलिजमलाई तीब्र पार्छ
डाइटिङ गर्दा पनि खाली पेटमा पानी पिउनु उपयुक्त हो । पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ ।








